एभरेष्ट ग्यास ग्रुपले कैलालीमा खोल्यो नयाँ उद्योग

काठमाडौं। एभरेष्ट ग्यास ग्रुपले कैलालीमा नयाँ ग्यास उद्योग स्थापना गरेको छ ।

 

ग्रुपले आफ्नो सातौं उद्योगको रुपमा कैलालीको गोदावरीमा सैपाल ग्यास उद्योग स्थापना गरेको हो । एभरेष्ट ग्रुपसँग हाल सञ्चालनमा रहेका काठमाडौं उपत्यकासमेत ६ वटा उद्योग छन् भने करिब १७ लाख सिलिन्डर बजारीकरण गरिएका छन् ।

 

यस ग्रुपले प्रत्येक महिना करिब ४ लाख सिलिन्डर उत्पादन र बिक्री-वितरण गर्दै आएको र प्रत्येक महिना करिब १० लाख सिलिन्डर एलपी ग्यास उत्पादन गर्ने उद्योगहरुको क्षमता रहेको सैपाल ग्यासका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

 

उद्योगको आवश्यकता सबैभन्दा बढी रहेको सुदूरपश्चिम क्षेत्र पहिचान गरी अत्याधुनिक यूरोपियन प्रविधियुक्त उद्योग स्थापना गरेको उनले बताएका छन् ।

 

उद्योगले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा व्यापार तथा सेवा विस्तार गर्ने बताइएको छ ।

 

हाल नेपालमा खाना पकाउने एलपी ग्यासको खपत वार्षिक करिब ४ लाख ३० हजार मेट्रिक टन रहँदै आएको छ । देशभर प्रत्येक महिना करिब २७ लाख सिलिन्डर खपत हुने गर्दछ अर्थात वार्षिक करिब ४० अर्बभन्दा धेरैको कारोबार हुने गर्दछ । एलपी ग्यासको खपत वार्षिक २० प्रतिशतले बढीरहेको छ ।

लकडाउन हटे लगत्तै सेवा सूचारु गर्ने गोकर्ण रिसोर्टको तयारी, बनायो यस्तो मापदण्ड Read Previous

लकडाउन हटे लगत्तै सेवा सूचारु गर्ने गोकर्ण रिसोर्टको तयारी, बनायो यस्तो मापदण्ड

नेपाल पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, सार्कमा कुन देशको प्रतिव्यक्ति आय कति Read Next

नेपाल पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लियो, सार्कमा कुन देशको प्रतिव्यक्ति आय कति