कोरोना उपचारमा प्रयोग हुने औषधि अमेरिकी कब्जामा, आगामी ३ महिनाको सबै उत्पादन अग्रिम बुकिङ

संयुक्त राज्य अमेरिकाले आगामी ३ महिनासम्मका लागि विश्वभर उत्पादन हुने भाइरस प्रतिरोधात्मक औषधि ‘रेम्डेसेभिर’ सबै खरिद गरेको छ । यो औषधि कोरोना भाइरस विरुद्ध प्रभावकारी हुने देखिएको छ ।

 

अमेरिकाको स्वास्थ्य सेवा विभागले सोमबार ५ लाख उपचार ‘कोर्स’ भन्दा बढी ‘रेम्डेसेभिर’ खरिद गर्ने डिल गरेको जनाएको छ । यो भनेको औषधी निर्माता कम्पनी ‘गिलिड साइन्सेस’ले आगामी जुलाइ महिनामा उत्पादन गर्ने सम्पूर्ण औषधि र आगामी सेप्टेम्बरसम्म उत्पादन हुने कुल औषधिको ९० प्रतिशत हो ।

 

‘रेम्डेसेभिर’ कारोना विरुद्ध प्रभावकारी देखिएको पहिलो औषधि हो । र, विश्वभरी यो औषधिको प्रभावकारीतालाई नजिकबाट नियाल्ने गरिएको छ ।

 

‘राष्ट्रपति ट्रम्पले अभूतपूर्व डिल गर्नुभएको छ । अमेरिकीहरुलाई कोरोना विरुद्धको पहिलो आधिकारिक औषधिको सहज पहुँच यो डिलले दिलाएको छ । हामी यो औषधि चाहने हरेक अमेरिकीहरु माझ यो औषधि पलब्ध होस भन्ने चाहन्छौं,’ स्वास्थ्य सेवा विभागका सचिव एलेक्स अजरले विज्ञप्तिमा भनेका छन् ।

 

‘रेम्डेसेभिर’ कारोना विरुद्ध प्रभावकारी देखिएको पहिलो औषधि हो । र, विश्वभरी यो औषधिको प्रभावकारीतालाई नजिकबाट नियाल्ने गरिएको छ ।

 

गत मे महिनामा अमेरिकी नियमनले यो औषधिको आपतकालीन प्रयोगको लागि स्वीकृति दिएको थियो । यो औषधिको प्रयोग पश्चात केही बिरामीहरु तीव्र गतिमा निको भएका थिए ।

 

जापानी स्वास्थ्य नियामकहरुले पनि यो औषधि प्रयोगको लागि छुट गरेका छन् । औषधिहरुको स्वीकृतिका लागि अमेरिकामा लामो समय लाग्छ । तर, अन्य विकल्प नभएको आपतकालीन अवस्थामा प्रयोगका लागि यो औषधिलाई खुल्ला गरिएको थियो ।

 

अहिले अमेरिकामा कोरोना भाइरस विरुद्ध सामान्य प्रयोगको लागि कुनैपनि औषधि वा भ्याक्सिनलाई खुल्ला गरिएको छैन । हाल यो भाइरसले अमेरिकामा १ लाख २७ हजार र विश्वव्यापी रुपमा ५ लाख मानिसहरुको ज्यान लिइसकेको छ ।

 

हाल विभिन्न कम्पनीहरु यो भाइरस विरुद्ध औषधिको अनुसन्धानमा लागेका छन् । ‘रेम्डेसेभिर’ पहिले इबोला भाइरस विरुद्धको प्रयोगमा अप्रभावकारी देखिएको औषधि हो । यो औषधि भाइरसहरुको प्रणालीलाई भत्काउनको लागि प्रयोग हुन्छ र प्रयोगकर्ताको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

 

सोमबार ‘रेम्डेसेभिर’ प्रयोगकर्ता कम्पनी गिलिडले यो औषधी प्रयोग गर्दा अमेरिका र अन्य धनी देशहरुमा प्रति बिरामी २३ सय ४० अमेरिकी डलर खर्च हुने जनाएको छ । गरिब देशहरुको लागि कम्पनीले अन्य औषधि निर्माताहरुलाई उत्पादनको अधिकार दिने निर्णय गर्ने भएको छ ।

 

गत महिना सस्तो र सहज उपलब्ध हुने ‘डेक्सामिथासोन’ औषधि पनि कोरोना विरुद्ध प्रभावकारी हुने प्रमाणित भएको थियो ।
-एजेन्सी

सरकारी कम्पनीको खाद्यान्न व्यापार फस्टाउँदै, अब उपत्यका बाहिर पनि होम डेलिभरी Read Previous

सरकारी कम्पनीको खाद्यान्न व्यापार फस्टाउँदै, अब उपत्यका बाहिर पनि होम डेलिभरी

बीमालेख धितोमा दिने ऋणमा कडाइ, अब बीमा गरेको २ वर्ष पूरा नभइ ऋण लिन नपाउने Read Next

बीमालेख धितोमा दिने ऋणमा कडाइ, अब बीमा गरेको २ वर्ष पूरा नभइ ऋण लिन नपाउने