बीमालेख धितोमा दिने ऋणमा कडाइ, अब बीमा गरेको २ वर्ष पूरा नभइ ऋण लिन नपाउने

काठमाडौं। बीमा समितिले बीमालेख धितोमा प्रवाह हुने ऋणमा कडाइ गरेको छ ।

 

जीवन बीमा कम्पनीका केही अभिकर्ताहरुले बिजनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बीमा गराउन थालेपछि समितिले कडाइ गरेको हो ।

 

समितिले सर्कुलर जारी गर्दै बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमा लेख प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

 

यस अघि २ किस्ता तिरेमात्रै पनि ऋण लिन पाउने व्यवस्था थियो । एक वर्ष अघिको मितिमा (ब्याकडेट) मा बीमा गर्न पाउने कानूनी व्यवस्था छ । यही व्यवस्थामा टेक्दै एकै पटकमा दुई किस्ता तिर्ने र त्यस लगत्तै बीमितले ऋण लिएको कागज बनाई अभिकर्ताले बीमा गराउने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न यस्तो व्यवस्था गरिएको समितिले जनाएको छ ।

 

अब ‘ब्याकडेट’मा पनि बीमा गर्न पाइने तर ऋण लिनका लागि भने २ वर्ष पूरा हुनुपर्ने समितिले जनाएको छ ।

 

समितिले एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा भने बीमा प्रारम्भ मितिको १ वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने बीमा समितिको सर्कुलरमा उल्लेख छ ।

कोरोना उपचारमा प्रयोग हुने औषधि अमेरिकी कब्जामा, आगामी ३ महिनाको सबै उत्पादन अग्रिम बुकिङ Read Previous

कोरोना उपचारमा प्रयोग हुने औषधि अमेरिकी कब्जामा, आगामी ३ महिनाको सबै उत्पादन अग्रिम बुकिङ

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक, कुन देशमा कहिले Read Next

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक, कुन देशमा कहिले