ग्लोबल आइएमई बैंक र सेलपेबीच भुक्तानी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र सेलपेबीच भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्ने उद्देश्यले सेलपेसँग सम्झौता गरेको हो।

 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे।

 

सेलकम प्रालिद्वारा संचालित सेलपे नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो।सेलपेले मोबाइल तथा वेबको प्रयोग गरी आफ्नो बैंक खाता मार्फत डिजिटल भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ।

 

भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ। सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ।

 

यो सम्झौतासँगै ग्राहकले अब ग्लोबल आइएमई बैंकको खातामा दर्ता रहेको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन्।

 

सेलपेमा आवद्ध अन्य बैंकमा वा मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउनरपाउन, बीमा रकम भुक्तानी, किस्ता (इएमआई) भुक्तानी, कोभिड-१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिने छ।

 

बैंकले हाल देशभरका २५७ शाखाहरु, ३८ एक्स्टेन्सन काउन्टर, २४९ शाखारहित बैंकिङ सेवा र २४३ एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

लकडाउनमा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ४ अर्ब बीमा शुल्क Read Previous

लकडाउनमा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ४ अर्ब बीमा शुल्क

थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो, एकैदिन १४६२ निको भए Read Next

थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो, एकैदिन १४६२ निको भए