थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो, एकैदिन १४६२ निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ४८२  जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

 

पछिल्लो २४ घण्टामा १४६२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ४ हजार ६५६ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

 

कोरोनाका कारण आज थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

ग्लोबल आइएमई बैंक र सेलपेबीच भुक्तानी सम्झौता Read Previous

ग्लोबल आइएमई बैंक र सेलपेबीच भुक्तानी सम्झौता

नागढुंगा-नौबिसे सुरुङमार्गको काम ठप्प, निर्माण सामग्री आइपुग्यो तर कामदार छैनन् Read Next

नागढुंगा-नौबिसे सुरुङमार्गको काम ठप्प, निर्माण सामग्री आइपुग्यो तर कामदार छैनन्