एनएमबी बैंकले आइएफसीबाट ३ अर्ब ऋण लिने

काठमाडौं । एनएमबी बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ ।

 

बैंकले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आइएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् ।

 

यो समझदारीसँगै एनएमबी दुई वर्षको अवधिमा आइएफसीबाट लगातार दुईपटक कर्जा प्राप्त गर्ने नेपालको बैंक बनेको हो ।

 

आइएफसीबाट ल्याउने उक्त रकम कोरोनाका कारण समस्यामा परेका साना तथा मझौला उद्यमी वर्गका लागि आवश्यक कर्जाको आपूर्ति गर्नुका साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने बैंकको दाबी छ । साथै हरित परियोजनाहरूको सशक्तीकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बैंकले जनाएको छ ।

असार २५ देखि अजोड इन्स्योरेन्सको आइपीओ खुल्ने Read Previous

असार २५ देखि अजोड इन्स्योरेन्सको आइपीओ खुल्ने

कोरोना विरुद्ध लड्न एडीबीले दियो ३६ करोड अनुदान Read Next

कोरोना विरुद्ध लड्न एडीबीले दियो ३६ करोड अनुदान