असार २५ देखि अजोड इन्स्योरेन्सको आइपीओ खुल्ने

काठमाडौं । अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपी) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

 

कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार सामूहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहेको २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ।

 

कम्पनीको आइपीओमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार  कित्तासम्म आवेदन दिन सकिनेछ।

 

इन्स्योरेन्सको आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, अजोड इन्स्योरेन्सको कार्यालय र सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।

 

इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ।

 

हाल ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

निगमले पेट्रोल, डिजेलको भाउ बढायो, लिटरमा कति बढ्यो Read Previous

निगमले पेट्रोल, डिजेलको भाउ बढायो, लिटरमा कति बढ्यो

एनएमबी बैंकले आइएफसीबाट ३ अर्ब ऋण लिने Read Next

एनएमबी बैंकले आइएफसीबाट ३ अर्ब ऋण लिने