निगमले पेट्रोल, डिजेलको भाउ बढायो, लिटरमा कति बढ्यो

काठमाडौं । नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

 

निगमले पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।  अब नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।

 

साथै, निगमले डिजेल र मट्टितेलको मूल्यमा समान २-२ रुपैयाँले वृद्धि गरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ ।

 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । सरकारले बजेटमार्फत डिजेल, पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ कर बढाएको थियो ।

भैंसेपाटीमा मन्त्री निवास निर्माण धमाधम, यस्तो छ भौतिक प्रगति Read Previous

भैंसेपाटीमा मन्त्री निवास निर्माण धमाधम, यस्तो छ भौतिक प्रगति

असार २५ देखि अजोड इन्स्योरेन्सको आइपीओ खुल्ने Read Next

असार २५ देखि अजोड इन्स्योरेन्सको आइपीओ खुल्ने