अठारौं शताब्दीको बेलायतमा दासप्रथाको उन्मुलनको लागि आन्दोलन चल्यो । आन्दोलनले दासहरुले बनाएका उत्पादनहरु प्रयोग नगर्ने नीति लियो । त्यसपछि ३ लाख मानिसहरुले चिनी किन्ने छाडे । दास प्रथा उन्मुलनका लागि यसले दबाब बढायो ।
नाफाको लागि घृणा बन्द गरौं भन्ने अहिलेको अभियान पनि बहिष्कारलाई राजनीतिक औजारको रुपमा प्रयोग गरिएको पछिल्लो उदाहरण हो । यो अभियानले फेसबुकले नश्लवाली र घृणा बढाउने ‘कनटेन्ट’ हटाउन उल्लेख्य काम नगरेको दाबी गरेको छ ।
यो अभियानले विश्वका ठूला कम्पनीहरुलाई फेसबुकबाट आफ्ना विज्ञापन निकाल्न सहमत गराइसकेको छ । फोर्ड, एडिडास र एचपीले हालै फेसबुकबाट आफ्ना विज्ञापन हटाएका छन् भने कोकाकोला, युनिलिभर र स्टारबक्सले पहिल्यै यो सामाजिक सञ्जालबाट आफ्नो विज्ञापन हटाएका थिए । माइक्रोसफ्टले पनि यही बाटो समातेको छ ।
पहिलो, धेरे कम्पनीहरुले एक महिनाको लागि मात्र बहिष्कार गरेका हुन् । दोस्रो, फेसबुकको ठूलो आम्दानीको स्रोत भनेको हजारौं साना तथा मझौला व्यवसायहरु हुन् । ठूला ब्राण्डहरुले फेसबुकको कुल आम्दानीको ६ प्रतिशत हिस्सा मात्र ओगटेका छन् । अहिलेसम्म यस्ता साना कम्पनीहरुले बहिष्कार गरेका छैनन् ।
यो बहिष्कारको अभियानले फेसबुकलाई केही असर पार्ला ? यसको छोटा उत्तर हुन्छ, पार्छ ।
अभिभा इन्भेष्टर्सका डेभिड कमिङ भन्छन्, ‘विश्वासको क्षयीकरण र नैतिकताको अभावले व्यवसाय ध्वस्त नै हुन सक्छ ।’
गत शुक्रबार फेसबुकको सेयर ८ प्रतिशतले घटेको थियो । यसको मतलब कम्पनीका संस्थापक मार्क जुकरर्बगले सैद्धान्तिक रुपमा ६ अर्ब पाउण्ड गुमाएका छन् । के यो क्षयीकरण अझ सघन बन्दै जाला ? दीर्घकालीन भविष्यको प्रष्ट तस्वीर आइसकेको छैन ।
पहिलो कुरा, सोसड मिडिया कम्पनीको बहिष्कार गरिएको यो पहिलो अवसर होइन । केही नश्लवादी भिडियोहरुसँगै आफ्नो विज्ञापन राखिएपछि सन् २०१७ मा विश्वका ठूला ब्राण्डहरुले युट्युवमा आफ्नो विज्ञापन बन्द गरेका थिए । त्यो बहिष्कार अहिले सबैले बिर्सिसकेका छन् । युट्युवले आफ्नो विज्ञापन नीतिमा सुधार ल्यायो र अहिले त्यसको प्यारेन्ट कम्पनी गुगल राम्रै गरिरहेको छ ।
यसका अलावा फेसबुकलाई तपाईंहरुले सोचे जस्तो असर नपर्ने अन्य केही कारणहरु पनि छन् ।
पहिलो, धेरे कम्पनीहरुले एक महिनाको लागि मात्र बहिष्कार गरेका हुन् । दोस्रो, फेसबुकको ठूलो आम्दानीको स्रोत भनेको हजारौं साना तथा मझौला व्यवसायहरु हुन् । ठूला ब्राण्डहरुले फेसबुकको कुल आम्दानीको ६ प्रतिशत हिस्सा मात्र ओगटेका छन् । अहिलेसम्म यस्ता साना कम्पनीहरुले बहिष्कार गरेका छैनन् ।
एक विज्ञापन एजेन्सीका रणनीति प्रमुख भन्छन्, ‘धेरै साना कम्पनीहरुले विज्ञापन नगर्न सक्दैनन् । उनीहरुले विज्ञापन गर्नुको विकल्प छैन ।’ उनका अनुसार यस्ता कम्पनीहरुलाई फेसबुकमा गरिने विज्ञापन टीभी लगायत अन्य प्लेटर्फममा गरिने विज्ञापनभन्दा सस्तो पर्छ ।
‘हाम्रो व्यवसाय चल्ने भनेकै धेरै लक्षित ग्राहकहरुकोमा पुगेर मात्र हो । यसमा फेसबुकको विकल्प छैन,’ एक साना व्यवसायी भन्छन् ।
यसका अतिरित्त फेसबुकले ठूला कम्पनीहरुसँग विज्ञापनका लागि लबिइङ गर्न पनि सक्छ । फेसबुक अत्यन्तै ठूलो कम्पनी भएका कारण उसका लागि यो सुविधा उपलब्ध छ । केही परिर्वतन गर्न चाहे फेसबुकले गर्न सक्छ ।
सेयरधनीहरुले आम्दानी घट्ने कारण मार्कलाई विज्ञापन नीति बदल्न दबाब दिन सक्ने अवस्था पनि छैन । त्यसैले मार्क परिर्वतन हुन नचाहे नहुन पनि सक्छन् ।
अहिलेसम्म फेसबुकले केही परिर्वतन गर्ने छाँट भने देखाएको छ । शुक्रबार घृणा फैलाउने कन्टेन्टहरु हटाउन शुरु गरेको फेसबुकले जनाएको थियो ।
तर, यी सामान्य सुधारले नाफाको लागि घृणा फैलाउने काम बन्द गरौं भन्ने अभियान बन्द गराउन भने सक्ने छैन ।
एजेन्सी