पर्यटनमन्त्री भट्टराईद्वारा छड्के निरीक्षण, कार्यालयको लेआउटमा ध्यान दिन आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका निकायमा छड्के निरीक्षण गरेका छन् ।

 

मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के निरीक्षण गरेका हुन् ।

 

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो सो बुझि कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

 

मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिन समेत कर्मचारीहरुलाई आग्रह गरे ।

 

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।

 

निरीक्षण पछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सवै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए ।

संकटमा फस्दै फेसबुक, विश्वका ठूला कम्पनीको विज्ञापन वहिष्कार नीतिले कस्तो असर पार्ला ? Read Previous

संकटमा फस्दै फेसबुक, विश्वका ठूला कम्पनीको विज्ञापन वहिष्कार नीतिले कस्तो असर पार्ला ?

सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र Read Next

सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र