काठमाडौं । राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई प्राप्ति गरेको मेगा बैंकले असार २१ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।
मंगलबार दुवै बैंकले संयुक्त सूचना जारी गर्दै आगामी आइतबारदेखि एकीकृत कारोबार गर्ने जानकारी गराएका हुन् ।
दुवै बैंकले एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति पाएका थिए । मेगा र गण्डकी गाभिएर बनेको बैंकले मेगाको नामबाट एकीकृत कारोबार गर्नेछ।
मेगा र गण्डकीले एकीकृत कारोबार गर्नको लागि असार २० गते शनिबार सम्पूर्ण सेवाहरु बन्द रहनेछ । मेगा बैंकले गण्डकी विकास बैंकलाई १ः१ सेयरको अनुपातमा प्राप्ति गरेको हो ।
हाल मेगाको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ। मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ।