सेयर बजार बुर्कुसी मार्दै, बजार खुलेको ४८ मिनेटमै पोजेटिभ सर्किट

काठमाडौं । सोमबार दोहोरो अंकले घटेर बन्द भएको सेयर बजार मंगलबार (आज) कारोबार खुलेको १ घण्टा नबित्दै पोजेटिभ सर्किट लागेको छ ।

 

डेढमहिनापछि खुलेको बजारको दोस्रो कारोबार दिनको ४८ मिनेटमै ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगन भएको छ ।

 

११ः४८ बजेसम्म नेप्से सूचक ४७.५८ अंक बढेर १२३६.२८ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको छ । । यस अवधिसम्ममा साढे १३ करोडभन्दा बढीको कारोबार भएको छ ।

 

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

 

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

सीडीएसले सीईओका लागि माग्यो दरखास्त, कस्ता व्यक्तिले दिन सक्छन् आवेदन Read Previous

सीडीएसले सीईओका लागि माग्यो दरखास्त, कस्ता व्यक्तिले दिन सक्छन् आवेदन

मेगा र गण्डकी विकास बैंकले असार २१ देखि एकीकृत कारोबार गर्ने Read Next

मेगा र गण्डकी विकास बैंकले असार २१ देखि एकीकृत कारोबार गर्ने