सेयर बजारमा उछाल : सवा घण्टामै दोस्रो पोजेटिभ सर्किट, बजार ४० मिनेटका लागि बन्द

काठमाडौं । सोमबार दोहोरो अंकले घटेर बन्द भएको सेयर बजार मंगलबार उछाल आएको छ ।

 

कारोबार खुलेदेखि लगातार उकालो लागेको बजार सवा घण्टामा दोस्रो पोजेटिभ सर्किट लागेर ४० मिनेटका लागि कारोबार स्थगन भएको छ ।

 

अब बजार खुलेको ४८ मिनेटमै ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगन भएको छ । त्यसपछि पुनः खुलेको कारोबार १० मिनेट नबित्दै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार रोकिएको छ ।

 

१२ः१७ मिनेट नेप्से सूचक ५९.८७ अंक बढेर १२४८.५७ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा करिब १ दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने अधिकांश कम्पनीको सेयर मूल्य उकालो लागेको छ । यस अवधिसम्ममा १८ करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ ।

 

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

 

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

मेगा र गण्डकी विकास बैंकले असार २१ देखि एकीकृत कारोबार गर्ने Read Previous

मेगा र गण्डकी विकास बैंकले असार २१ देखि एकीकृत कारोबार गर्ने

सेयर बजारमा तेस्रो पोजेटिभ सर्किट, सवा २ घण्टामै बजार बन्द Read Next

सेयर बजारमा तेस्रो पोजेटिभ सर्किट, सवा २ घण्टामै बजार बन्द