सेयर बजारमा तेस्रो पोजेटिभ सर्किट, सवा २ घण्टामै बजार बन्द

काठमाडौं । सोमबार दोहोरो अंकले घटेर बन्द भएको सेयर बजार मंगलबार कारोबार सुरु भएको सवा २ घण्टामै पोजेटिभ सर्किट लागेर बन्द भएको छ ।

 

कारोबार खुलेदेखि लगातार उकालो लागेको बजार सवा २ घण्टामा तेस्रो पोजेटिभ सर्किट लागेर बन्द भएको हो ।बजार खुलेको सवा दुई घण्टामै नेप्से सूचक ६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेर दिनभरका लागि कारोबार बन्द भएको हो ।

 

मंगलबार बजार खुलेको ४८ मिनेटमै ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि पुनः खुलेको कारोबार १० मिनेट नबित्दै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।

 

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

 

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

 

२ दर्जन कम्पनीको मूल्यमा सर्किट

 

सर्किट लागेर बन्द भएको बजारमा १३४ कम्पनीको २२ करोड ७२ लाख १२ हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ४ लाख ८९ हजार ५३७ कित्ता सेयर खरिद-विक्री भएका छन् ।

 

आज करिब २ दर्जन कम्पनिको सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । आज नागरिक लगानी कोष, नेपाल लाइफ, एशियन लाइफ, सूर्यलाइफ लगायत डेढ दर्जनभन्दा  बढी कम्पनीको सेयर मूल्यमा पाजेटिभ सर्किट लागेको छ ।

 

त्यस्तै, आज नेपाल पुनर्बीमा कम्पनी र अओरेन्टल होटलको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर भाउ करिब १० प्रतिशतले घटेको छ ।

 

कारोबार भएका १२ वटा समूहमध्ये १० समूहको परिसूचक उकालो लागेका छ भने बाँकी २ समूहको सूचक ओरालो लागेको छ । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६३४.९८ अंकले बढेको छ भने होटल समूहको सूचक ४७.८७ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा हिमालय डिस्ट्रिलरीको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ६४ लाख ८० हजार ६० रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स र साना किसान विकास बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।

 

 

 

सेयर बजारमा उछाल : सवा घण्टामै दोस्रो पोजेटिभ सर्किट, बजार ४० मिनेटका लागि बन्द Read Previous

सेयर बजारमा उछाल : सवा घण्टामै दोस्रो पोजेटिभ सर्किट, बजार ४० मिनेटका लागि बन्द

ट्याक्सी व्यवसायी भन्छन् : निजी कारमा कोच्चिएर हिँड्न हुने, ट्याक्सी चलाउँदा चाहिँ कोरोना सर्ने (फोटोफिचर) Read Next

ट्याक्सी व्यवसायी भन्छन् : निजी कारमा कोच्चिएर हिँड्न हुने, ट्याक्सी चलाउँदा चाहिँ कोरोना सर्ने (फोटोफिचर)