भारतद्वारा टिकटक, विच्याटसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध

काठमाडौं । भारतले टिकटक, विच्याटसहित करिब ५ दर्जन चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ ।

 

पछिल्लो समय दुवै देशबीच सीमा विवाद झन बढ्दै गएको अवस्थामा भारतीय सुरक्षा एजेन्सीले सुरक्षा खतरा देखाउँदै ५९चिनियाँ एपहरु प्रयोग गर्न बन्द गरेको छ ।

 

प्रतिबन्ध लगाइएकामा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप छन्। टिकटक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।

 

भारतीय सञ्चार माध्यमले जनाए अनुसार सुरक्षा एजेन्सले चिनियाँ एप बन्द गर्न गरेको प्रस्ताव भारतको राष्ट्रिय सुरक्षा काउन्सिलले पनि समर्थन गरेको थियो । काउन्सीलले पनि चिनियाँ एप भारतको सुरक्षामा खतरा पर्ने जनाएको छ ।

 

जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता भारत र चीनबीच तनाव बढ्दो क्रममा छ ।

चाणक्य डिजिटल म्यागेजीनको एक वर्ष पूरा Read Previous

चाणक्य डिजिटल म्यागेजीनको एक वर्ष पूरा

बीमा शुल्क भुक्तानी गर्ने म्याद पुनः एक हप्ता थप Read Next

बीमा शुल्क भुक्तानी गर्ने म्याद पुनः एक हप्ता थप