चाणक्य डिजिटल म्यागेजीनको एक वर्ष पूरा

चाणक्य डिजिटल म्यागेजीनको एक वर्ष पूरा

नेपालको अर्थतन्त्रका विषयमा समाचार लेख्न २०५९ सालमा स्थापना भएको चाणक्य मासिकको प्रिन्ट संस्करण २०७६ साल असार १५ गतेबाट बन्द गर्दै www.chanakyapost.com लाई डिजिटल म्यागेजीनको रुपमा सुरुवात गरेका थियौं ।

 

हामीले प्रिन्ट संस्करण प्रकाशन बन्द गरेको पनि एक वर्ष भइसकेको छ । यसबीचमा नेपाल र विश्वमै थुप्रै घटना र परिघटना भए ।

 

विश्वलाइ नै हायल कायल पार्ने कोरोनादेखि नेपालको राजनीतिक र आर्थिक जीवनमा थुप्रै उथलपुथल आयो । विगतमा जस्तै लगानी योग्य रकमको अभाव, केन्द्रीय बैंकका अस्थिर नीति, अर्थमन्त्रालयका विवादास्पद निर्णय, एमसीसी बहस, सेयर बजारमा देखिएको समस्या र उतारचढाव, पूर्वाधारमा नाम मात्रको लगानीका मुद्दा, मेलम्ची विवाद, ऊर्जामा देखिएको लगानीमैत्री वातावरणको समस्या, पर्यटन वर्षको कमजोर तयारी र आरम्भ यो वर्ष सर्वाधिक चर्चामा रहेका विषय हुन् ।

 

यी विषय प्रत्यक्ष नागरिकसँग जोडिएको विषय भएकाले हामीलाई पनि यी मुद्दाले नतान्ने कुरै भएन । हिजो हामीसँग म्यागेजीनमा लेख्दा धेरै समय हुन्थ्यो । हामी कुनैपनि विषयवस्तुको गहिरो अनुसन्धान र खोज गरेर मुद्दाको रुपमा उठाउने गरेका थियौँ ।

 

तर, अनलाइन संस्करणमा आएपछि हाम्रा अगाडि तत्कालको समाचार दिने चुनौती थियो । यस चुनौतीलाई स्वीकार गर्दै हामी अनलाइन संस्करणमा आएका थियौं । त्यसैले हामीले केही फरक बाटो यहाँ भित्र पनि खोज्ने प्रयास गर्नु थियो ।

 

पछिल्ला दिन कोरोनाको कारण अझै चुनौती थपिँदै गएको छ । नेपालमा व्यवसाय गर्ने उद्यमी, राजनीतिज्ञ, सरकार, कर्मचारीतन्त्र, व्यवसायीक क्षेत्र सबैमा एकले अर्कामा दोष थोपरेर आफू पन्छिने प्रचलन बढ्दै गएको छ ।

 

यस्ता दोषारोपणका विरुद्ध अग्रभागमा रहेर सन्तुलित र निष्पक्ष ढंगले काम गर्ने दायित्व मिडियाकर्मीकै हो । यस जिम्मेवारबिाट हामी पछि हट्ने छैनौं । त्यसको लागि डिजिटल मिडियाका अन्तरकुन्तर छामछुम गर्दै र सिक्दै हामी अगाडि बढि रहेका छौं । त्यसमा सम्पूर्ण वर्ग र समूदायको सहयोग अपरिहार्य हुन्छ । आगामी दिनमा पनि हामीले त्यसको अपेक्षा गरेका छौं ।

काठमाडौं उपत्यकामा ८ सहित थप ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो Read Previous

काठमाडौं उपत्यकामा ८ सहित थप ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

भारतद्वारा टिकटक, विच्याटसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध Read Next

भारतद्वारा टिकटक, विच्याटसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध