काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ४७६ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ८ जनासहित विभिन्न जिल्लामा ४७६ नयाँ संक्रमित थपिएका हुन् । उपत्यकामा काठमाडौंमा ६, ललितपुर र भक्तपुरमा १/१ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ३ हजार १३४ जना कोरोना संक्रमित निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २९ पुगेको छ ।