काठमाडौं । बीमा समितिले जीवन बीमाशुल्क भुक्तानी गर्ने म्याद थप गरेको छ ।
पहिलोपटक थपेको म्याद सोमबार सकिएको र कोरोनाको कहर पनि सामान्य नभएको भन्दै समितिले पुनः म्याद थप गरेको हो ।
यसअघि समितिले असार १५ गते भित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । समितिका अनुसार बीमितहरुले आगामी असार २२ गतेसम्म बिना ब्याज बीमा शुल्क तिर्न सक्नेछन् ।
सरकारले कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ गतदेखि लकडाउन लगाएपछि लगायत समितिले पटकपटक बीमा शुल्क म्याद थप गर्दै आएको छ ।
