काठमाडौं। एप्पल सन् २०२० का लागि विश्वकै सबैभन्दा इनोभेटिभ कम्पनी बनेको छ ।
बोस्टन परामर्श समूह बीसीजीले सार्वजनिक गरेको विश्वका उत्कृष्ट ५० इनोभेटिभ कम्पनीको सूचीमा एप्पल पहिलो स्थानमा रहन सफल भएको हो ।
बीसीजीका अनुसार सन् २०२० का इनोभेटिभ कम्पनीको सूचीमा दोस्रोमा अल्फाबेट, तेस्रोमा अमेजन चौथोमा माइक्रोसफ्ट, पाँचौमा सामसुङ रहेका छन् ।
पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास गरिरहेको चिनियाँ कम्पनी हुवावे ४२ स्थान फड्को मार्दै सूचीको छैटौं स्थानमा आइपुगेको छ । त्यसैगरी अलिबाबा, आईबीएम, सोनी र फेसबुक क्रमशः शीर्ष दश भित्र रहेका छन् ।
२०१२ मा पहिलो पटक सूची सार्वजनिक गरेदेखि ग्लोबल अग्रणी आईसीटी पूर्वाधार प्रदायक हुवावेको लागि यो स्थान अहिले सम्मको उच्च हो ।
१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आइसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो।

विश्वको सबैभन्दा ठूलो दूरसञ्चार उपकरणहरूको आपूर्तिकर्ताको रूपमा हुवावे लगातार आफ्नो वार्षिक राजस्वको १० प्रतिशतभन्दा बढी भाग आर एण्ड डीमा लगानी गर्ने गरेको छ । २०१९ मा कम्पनीको आर एण्ड डीमा खर्च १ लाख ३१ हजार ६५९ मिलियन रहेको छ । जुन कुल राजस्व १५.३ प्रतिशत रहेको छ ।
सूची बनाउने व्यहोरा २५,००० ग्लोबल इनोभेशन एग्जिक्युटिभ्सको एक सर्वेक्षणमा आधारित छ र ग्लोबल ‘माइन्डशेर’, उद्योग अवरोध, उद्योग पियर दृश्य र मूल्यनिर्माणको चार आयाममा कम्पनीको प्रदर्शन मूल्यांकन गर्दछ ।
यस बर्ष बीसीजीले एक नयाँ स्कोरिंग आयाम पनि थपेको छ जुनले प्रत्येक कम्पनीको विविधता र उल्लेखनीय कार्यको दर समेट्छ साथै स्थापित उद्योग प्रवेश बाधा उल्लंघन गर्ने र यो बाहिरको बजारमा सहभागी हुने क्षमताको आकलन गर्दछ ।
बीसीजीको सबैभन्दा इनोभेटिभ कम्पनीहरूको लागि सर्वेक्षण २००५ मा शुरू भएको थियो र यस वर्षको रिपोर्ट बीसीजीको १४ औं संस्करण हो।एजेन्सी