अहिलेसम्म कति जनाले भरे एनआइसी एशिया लघुवित्तको आइपीओ

काठमाडौं । लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आइपीओ निष्काशन गरेको एनआइसी एशिया लघुवित्तको आइपीओमा सर्वसाधरणको आकर्षण देखिएको छ ।

 

बुधबारदेखि निष्काशित कम्पनीको आइपीओमा तेस्रो दिन(शुक्रबार)सम्ममा साढे ३ गुणा बढी सेयर खरिदको लागि आवेदन परेको छ।

 

शुक्रबारसम्ममा लघुवित्तको आइपीओमा २ लाख ९७ हजार ८९३ जनाले आवेदन दिएका छन् । आवेदकले १ अर्ब ६६ करोड २८ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २८ हजार ३१० कित्ता सयर खरिदको लागि आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

 

लघुवित्तले बुधबारदेखि १०० रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

कुल निष्काशनमध्ये ७४ हजार कित्ता कर्मचारीका लागि, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।

 

लघुवित्तले जारी गरेको आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि बढीमा २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

 

लघुवित्तको आइपीओमा छिटोमा असार १४ गते (आइतबार)सम्म आवेदन दिनसक्ने क्यापिटलले जनाएको छ। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाका मेरो सेयर मार्फत पनि आवेदन गर्न सक्नेछन्।

एप्पल बन्यो विश्वकै इनोभेटिभ कम्पनी, यी हुन् उत्कृष्ट ५० कम्पनीहरु Read Previous

एप्पल बन्यो विश्वकै इनोभेटिभ कम्पनी, यी हुन् उत्कृष्ट ५० कम्पनीहरु

सरकारी कागज किर्ते गरी ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ Read Next

सरकारी कागज किर्ते गरी ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ