काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउण्ट’ नामक योजना अन्तर्गत लाइभ लक्की ड्र मार्फत २ जना विजेटा छनोट भएका छन् ।
डिशहोमले असार ५ गतेदेखि ११ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।
असार १२ शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० र रमाइलो टीभी मार्फत लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।
मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913812757, 02558189404 लाई विजेता घोषणा गरिएको छ ।
अब अर्को लक्की ड्र असार १९ गते शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।
असार १२ गते शुक्रबार देखि १८ गते बिहीबारसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई उक्त लाइभ लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ ।