आज १० वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदै

काठमाडौं। आज (शुक्रबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुने भएका छन्।

 

कोरोनाका कारण विश्वका विभिन्न देशमा समस्यामा परेको नेपालीलाई नेपाली ल्याउन र लिन जानका लागि १० उडान हुन लागेको हो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्धारा जारी विज्ञप्ति अनुसार दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङमा चार्टर्ड उडान हुनेछ। विमान विभिन्न देशबाट १२०० जना नेपाली र केही शव समेत नेपाल ल्याइने छ ।

 

बिहानै बहराइनबाट नेपाल एयरलाइन्सको जहाजमार्फत २६० जना नेपाली स्वदेश फर्किएका छन्।कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कदै छन् । कुवेतको जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी झण्डै १५० जना नेपाली स्वदेश फर्कन लागेका हुन् ।

 

आज ६ ठाउँमा नेपाली लिन हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका जहाज जाँदैछन् । नेपाल एयरलाइन्स नेपाली लिन मलेसियाको क्लालाम्पुर, हङकङ, अस्ट्रेलियाको मेलबर्व, यूएईको दुबई र साउदीको रियाद जाँदैछ ।

 

हिमालय एयरलाइन्सको चार्टर्ड जहाज नेपाली लिन साउदीको दमाम आज जानेछ भने भोलि बिहान नेपालीहरु लिएर काठमाडौं फर्कनेछ । श्री एअरलाइन्सको जहाज युंगुन जाँदैछ ।

अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने Read Previous

अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने

साइकल चढ्न प्रोत्साहन गर्दै काठमाडौं महानगर, साउनदेखि साइकल किन्नलाई अनुदान दिने Read Next

साइकल चढ्न प्रोत्साहन गर्दै काठमाडौं महानगर, साउनदेखि साइकल किन्नलाई अनुदान दिने