अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने

काठमाडौं । अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने भएकोछ ।

 

सिमकार्डको अनधिकृत रुपमा प्रयोग हुन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यसलाई नियमन गर्न यस्तो व्यवस्था गरेकोहो ।

 

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो ।

 

सूचना अनुसार सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्नेछ ।

 

सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

 

यसअघि सिमकार्ड झिक्दा अरु मानिसको नागरिकता या कागजात लिएर अर्कैले सिम निकालेका घटनाहरु प्राय आउने गरेका थिए ।

 

पृथ्वीकै दूलर्भ पत्थर भेट्टाएका एक व्यक्तिले रातारात कमाए ४१ करोड ! Read Previous

पृथ्वीकै दूलर्भ पत्थर भेट्टाएका एक व्यक्तिले रातारात कमाए ४१ करोड !

आज १० वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदै Read Next

आज १० वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदै