बुद्ध एयरद्धारा आन्तरिक उडानको पूर्वअभ्यास

काठमाडौं । बुद्ध एयरले उडानका लागि आज पूर्वअभ्यास सार्वजनिक गरेको छ । लगभग १ साता अघिदेखि तयारी शुरु गरेको बुद्ध एयरले जहाज उडानका लागि पूर्व तयारी गरेको हो ।

 

जहाजमा कुनै पनि यात्रुले चढ्दा एकबाट अर्कोमा कोरोना संक्रमण नहोस भनेर धेरै सतर्कता अपनाइएको बुद्ध एयरका संवाद व्यवस्थापनका दिपेन्द्र कर्णले बताए ।

 

उनका अनुसार जहाजमा चढ्दा टर्मिनल प्रवेश गरेदेखी जहाज चढेर झर्दासम्मका लागि विशेष नियमहरु बनाइएका छन् । टर्मिनल प्रवेश गर्दा यात्रुको ज्वरो नापेर उसलाई बोर्डिङ पास उपलब्ध गराइनेदेखि जहाजमा चढ्दा स्यानिटाइजर र फेस सिल्डर उपलब्ध गराइने छ । फेस सिल्डरले यात्रुको अनुहार पुरै छोप्ने छ । यात्रु उत्रिएपछि जहाजलाई रसायनले सफा गरेर मात्र अन्य यात्रुलाई जहाजमा यात्राको व्यवस्था गरिने उनले बताए ।

 

‘हामी पुरा तयारीमा छौं, अब सरकारको पालो हो । क्यानबाट निर्देशन आउना साथ हामी उडान सुरु गर्ने छौं,’ कर्णले चाणक्यपोष्टसँग भने ।
उनका अनुसार एयरपोर्टदेखि जहाजसम्म पुग्न प्रयोग गरिने बस समेत यात्रु चढ्नु अघि र चढेपछि रसायनले अनिवार्य सफा गरिने छ ।

 

हाल पूर्ण तयारीका साथ सरकारको निर्देशन पर्खिरहेको बुद्ध एयरले कुन कुन ठाउँमा जहाज सुविधा दिने तय गरेको छैन । नागरिक उड्यन प्राधिकरणले उडानका लागि स्थान तय गर्ने बताइएको छ ।

 

बुद्ध एयरले कोरोना भएको अथवा कोरोनाका लक्षण भएको खण्डमा जहाजको प्रयोग नगर्न अनुरोध गरेको छ । नेपाल उड्न प्राधिकरणले भने हवाई यात्रा सुचारु गर्ने विषयमा कुनै प्रतिकृया दिएको छैन ।

यसवर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशत ऋणात्मक हुने, कुन देशको कति Read Previous

यसवर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशत ऋणात्मक हुने, कुन देशको कति

साधना लघुवित्तले असार २१ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

साधना लघुवित्तले असार २१ गतेदेखि आइपीओ निष्काशन गर्ने