साधना लघुवित्तले असार २१ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । साधना लघुवित्तले असार २१ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

 

केही समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको लघुवित्तले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ जारी गर्न लागेको हो।

 

जसमध्ये १० हजार ८९० कित्ता कम्पनीका कर्मचारी र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता जारी हुनेछ।

 

लघुवित्तको आइपीओमा असार २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

लघुवित्तको आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बुद्ध एयरद्धारा आन्तरिक उडानको पूर्वअभ्यास Read Previous

बुद्ध एयरद्धारा आन्तरिक उडानको पूर्वअभ्यास

साउनदेखि स्टक डिलरको काम गर्ने नागरिक स्टक डिलरको तयारी, अनुमतिका लागि बोर्डमा दियो निवेदन Read Next

साउनदेखि स्टक डिलरको काम गर्ने नागरिक स्टक डिलरको तयारी, अनुमतिका लागि बोर्डमा दियो निवेदन