व्यापार गर्ने होइन, कोरोना साटासाट गर्ने ठाउँ बन्न सक्छ न्यूरोड (फोटोफिचर)

काठमाडौं । कोरोना नियन्त्रण गर्न भनेर सरकारले लामो समयसम्म लकडाउन गर्यो । भाइरस अत्याधिक सरुवा भएका कारण त्यसको संक्रकणको फैलावटको गतिलाई थोरै नियन्त्रण गरेर स्वास्थ्य संरचनालाई बलियो र स्वाथ्य उपकरणहरुको पर्याप्तता सुनिश्चित गर्नका लागि विश्वका धेरै देशहरुले यो उपाय अपनाएका हुन् ।

 

त्यसैको सिको गर्दै नेपालले पनि लकडाउन गर्योे । तर, त्यो समयमा कारोनाविरुद्ध लड्नका लागि गर्नुपर्ने तयारीमा सरकार पूर्णत उदासिन रह्यो । प्रधानमन्त्री आफ्नो राजनीति बलियो पार्ने हतकण्डाहरु अपनाउन लागे भने कोरोना विरुद्ध योजना बनाउने जिम्मेवारी पाएका मन्त्रीहरु आर्थिक गतिविधिमा लिन भए । परिणाम स्वरुप लकडाउन पूर्णरुपमा असफल भयो र कोरोना संक्रकण सम्बद्ध स्वास्थ्य जोखिमका अलावा आर्थिक र भोकमरीको जोखिम समेत लकडाउनले थपिदियो ।

 

लकडाउन अहिले खुलेको छ । लकडाउन केका लागि गरियो र अहिले के प्राप्त गरेर खोलियो भन्ने प्रश्नको ओठे जवाफ बाहेक प्रधानमन्त्री र मन्त्रीहरुसँग हाल केही पनि छैन ।

काठमाडौंको चल्तीका ठाउँहरु इन्द्रचोक, पाको, न्यूरोड लगायतका ठाउँमा अहिले चहलपहल शुरु भएको छ । मानिसहरु करिब करिब पुरानै पारामा सहर डुल्न थालेका छन् । धेरै मानिसहरु सहरमा मास्क लगाएका भेटिन्छन्, तर च्यापुमा !

 

मानिसहरुमा मास्क लगाउने बानी छैन । कतिपयले वास्ता नगरेका पनि हुनसक्छन् । सहरमा भौतिक दूरीको कुनै गुञ्जाएस छैन । पसलहरुमा स्यानिटाइजर लगायत कुनै स्वास्थ्य ‘प्रोटोकल’हरु पालना गरिएका छैन । साना १०÷१० को कोठामा ५–७ जना कर्मचारी र त्यतिकै संख्यामा ग्राहकहरु छन् ।

तर, व्यापार भने छैन । लामो समयसम्म गरिएको लकडाउनका कारण सामानहरुको आपूर्ति श्रृंखला भत्किएको छ । सामान किन्न आएका ग्राहकहरुलाई बेच्ने कुनै सामान छैन । मोबाइल पसलहरुमा मोबाइलका खाली डब्बाहरु मात्र छन् ।

 

सहरमा केवल भीडभाड छ । कारोबार छैन । सहर अहिले सामान किनमेल गर्ने ठाउँ नभएर कोरोना साटासाट गर्ने घातक ठाउँमा परिणत हुन लागेको देखिन्छ ।

 

‘कम्पनीमा एउटा पनि मोबाइल स्टक छैन । आउटलेटमा पनि मोबाइल छैन । बिहान आउने, न्युरोड घुम्ने काम भएको छ,’ ओप्पो मोबाइलका सेल्स म्यानेजर सुरज बस्नेत भन्छन् ।

 

लामो समयसम्म योजनाविहिन ढंगले लकडाउन गरेको सरकारले अहिले फेरि योजनाविहिन ढंगले लकडाउन खोलेको छ । यो योजना विहिनताले नेपाललाइ एकपटक फेरि रोग र भोकमरीको संघारमा लगेर उभ्याइदिएको छ ।

 

लामो राजनीतिक आन्दोलन पश्चात् ठूलो जनमत प्राप्त सरकार र राज्यसत्ता समेत अप्ठ्यारो परिस्थितिमा जनताको पक्षमा पहिलेका तानाशाहहरु भन्दा समेत लुलो गरेर उभिएपछि र आफ्ना स–साना स्वार्थका लिप्त भएपछि, के नेपाल अब असफल राज्य भएकै हो त भन्ने प्रश्न जर्बजस्त ढंगले हाम्रा सामु उभिएको छ ।

 

यसैबीच सरकारको जिम्मामा रहेको क्वारेन्टिनमा बसेका एक युवाले जीवनजल खान नपाएर छटपटाउँदै आफ्नो जीवनलिला समाप्त पारेका छन् ।

 

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद असार १४ देखि Read Previous

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद असार १४ देखि

स्टक धेरै भएपछि डीडीसीले दुग्धजन्य पदार्थको भाउ घटायो, ५ अर्बको सामान स्टक Read Next

स्टक धेरै भएपछि डीडीसीले दुग्धजन्य पदार्थको भाउ घटायो, ५ अर्बको सामान स्टक