काठमाडौं । शिखर इन्स्योरेन्सले असार १४ गतेदेखि हकप्रद बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता निष्काशन गर्नेछ ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन १२ गते सोमबारसम्म कायम यस इस्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ एजेन्सी इक्राले इन्स्योरेन्सको हकप्रद निष्काशनलाई इक्रा एनपी आइपीओ ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभूत अवस्था औसत छ भन्ने बुझाउँछ।
हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।