सुनको भाउ बढेको बढ्यै, तोलाको ९१ हजार नाघ्यो

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।

 

लकडाउनको बेला करिब साढे २ महिना कारोबार बन्द भएरगत हप्तादेखि कारोबारमा आएको थियो । कारोबार बन्द भएके बेला पनि तोलामा करिब १० हजारले बढेको सुनको भाउ पछिल्लो समय कारोबार हुन थालेपछि यसको भाउने दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ ।

 

सुनको भाउ बुधबार प्रतितोला ५०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६६५ रुपैयाँ पुगेको छ।

 

त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९४५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ९४० रूपैयाँमा कारोबार भएको थियो।

 

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।

बालकदेखि बृद्धसम्मको सारथी बन्दै डिशहोम, पैसा नतिरे पनि शैक्षिक च्यानल हेर्न पाइने Read Previous

बालकदेखि बृद्धसम्मको सारथी बन्दै डिशहोम, पैसा नतिरे पनि शैक्षिक च्यानल हेर्न पाइने

भारतमा तेलको भाउ आकाशियो, पेट्रोलभन्दा डिजेल महँगो Read Next

भारतमा तेलको भाउ आकाशियो, पेट्रोलभन्दा डिजेल महँगो