बालकदेखि बृद्धसम्मको सारथी बन्दै डिशहोम, पैसा नतिरे पनि शैक्षिक च्यानल हेर्न पाइने

काठमाडौं । डिशहोम नेपाली ‘डीटीएच’ टेलिभिजनमा उत्कृष्ट सेवा प्रदायकको रुपमा परिचित रहेको छ । करिब १८ लाख घरमा जडान भएको डिशहोमले अहिले समाचार, मनोरञ्जन, खेलकुद, भूगोल, कार्टुन, ड्रामा, सिनेमा, शिक्षा लगायतका च्यानलहरु देखाउँदै आएको छ ।

 

नेपाली डीटीएचको इतिहासमा लामो यात्रा तय गरेको डिशहोम अहिले विश्वभर फैलिएको कोरोना महामारीको संकटसँग जुध्न नेपाल सरकारले गरेको पूर्ण र आंशिक लकडाउनमा समेत बालकदेखि बृद्धसम्मको सहयोगी बन्दै गएको छ ।

 

कम्पनीले सबै उमेर समूहको रोजाइमा पर्ने हरेक च्यानलहरु प्रसारण गर्दै आएको छ । अहिले स्कुलहरु बन्द रहेको समयमा डिशहोमले घरबाटै शिक्षा दिँदै आएको छ ।

 

‘लकडाउन लम्बिँदै गएको र तत्काल स्कुलहरु खोल्न नसक्ने अवस्था रहेकाले नेपाल सरकारले टीभी, एफएम र अनलाइन मार्फत पठनपाठन अघि बढाउने निर्णय गरेकाले डिशहोमले पनि त्यसको आधिकारीक प्रशारणको अनुमति पाएका छौं,’ कम्पनीका महाप्रबन्धक रमेश सापकोटाले भने, ‘ग्राहकलाई धेरै कठिन नहोस् भनेर डिशहोमको १०० र १०१ च्यानललाई हामीले निःशुल्क च्यानल बनाएर दिएका छौं । यी दुई च्यानल ग्राहकले नियमित रिचार्ज नगर्दा पनि संचालन हुने छन् ।

 

उनका अनुसार यसले बालबालीकाको पढाइमा केही भने पनि आफूहरुको योगदान हुने छ । यी दुवै च्यानल हेर्न कुनै शुल्क तिर्नुपर्ने छैन ।

 

यसका साथै ‘डियरवाक लर्निङ सेन्टर’सँग सहकार्य गरेर कक्षा ४ देखि कक्षा १० सम्मको गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयको पठनपाठन सुरु गरेको छ । यसलाई बैशाख २० गतेदेखि नै डिशहोमले प्रशारण गरिरहेको छ । यो च्यानल मासिक शुल्क तिर्ने ग्राहकले उपभोग गर्न पाउने छन् । यसमा पनि ग्राहकले अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

 

हामी ग्राहकलाई कसरी उत्कृष्ट सेवा दिन सकिन्छ भनेर लगानी गरिरहेका छौं । अहिले आफूसँग ५ वटा शिक्षा सम्बन्धी च्यानल संचालनमा रहेको बताउने सापकोटा भन्छन्, ‘डिशहोमको प्लस प्याकेज भनेर १५ वटा च्यानल प्रशारण गरिरहेका थियौं, लकडाउन पछि सबै ग्राहकलाई यो सुविधा उपलब्ध गराउँदै आएका छौं । हाम्रो सामाजिक उत्तरदायीत्व अन्तर्गत ग्राहकलाई धेरैभन्दा धेरै सुविधा दिन प्रयास गरिरहेको छ ।’

 

अहिले पनि डिसहोमको ‘डिलर दाइको डिस्काउन्ट’ अन्तर्गत डिशहोमको वार्षिक रिचार्ज गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म बोनस तथा हरेक हप्ता २ जनालाई १/१ लाख उपहार दिँदै आएको छ ।

 

साथै, सुरुवाति लकडाउनदेखि नै सबै किसिमको सेवाहरु चुस्त दुरुस्त रुपमा कम्पनीले उपलब्ध गराउँदै आएको जनाएको छ । यदि कोही कसैले समयमा सेवा पाउन नसकेको भए कम्पनीको ‘टोल फ्रि’ नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

आज ११ उडानमार्फत विदेशमा रहेका ११ सयभन्दा बढी नेपाली ल्याइँदै Read Previous

आज ११ उडानमार्फत विदेशमा रहेका ११ सयभन्दा बढी नेपाली ल्याइँदै

सुनको भाउ बढेको बढ्यै, तोलाको ९१ हजार नाघ्यो Read Next

सुनको भाउ बढेको बढ्यै, तोलाको ९१ हजार नाघ्यो