सानिमा बैंकले शुरु गर्‍यो नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अपांगतामैत्री वेबसाइट

काठमाडौं । सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अपांगमैत्री वेबसाइटको शुरुवात गरेको छ ।

 

यो वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरुका लागि उपयोगी हुनेछ ।

 

यस वेबसाइटको प्रयोगले अपांगता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै बृद्धबृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाइनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ पहुँच पुर्याउने प्रयास गरेको छ ।

 

यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेबसाइटमा गई दायाँ कुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ ।

 

यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समयक्रमसँगै अन्य अपांगतामैत्रीे सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।

 

बैंकले हाल देशभरका ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

लक्ष्मी बैंकले ल्यायो दोहा बैंकबाट २ अर्ब ४० करोड ऋण Read Previous

लक्ष्मी बैंकले ल्यायो दोहा बैंकबाट २ अर्ब ४० करोड ऋण

भक्तपुरमा बन्ने नयाँ सहरको विरोधमा नगरपालिका Read Next

भक्तपुरमा बन्ने नयाँ सहरको विरोधमा नगरपालिका