लक्ष्मी बैंकले ल्यायो दोहा बैंकबाट २ अर्ब ४० करोड ऋण

काठमाडौं । लक्ष्मी बैंकले दुबईको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब ४० करोड रुपैयाँ) ऋण प्राप्त ल्याएको छ ।

 

बैंकले ऋण ल्याउने सम्बन्धी सम्झौतापत्रमा बैशाख १५ गते हस्ताक्षे गरेको थियो । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

 

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको छ ।

मौद्रिक नीति ‘थ्रि आर’मा आधारित रहेर आउनु पर्छ : उद्यमी सौरभ ज्योतिको विचार Read Previous

मौद्रिक नीति ‘थ्रि आर’मा आधारित रहेर आउनु पर्छ : उद्यमी सौरभ ज्योतिको विचार

सानिमा बैंकले शुरु गर्‍यो नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अपांगतामैत्री वेबसाइट Read Next

सानिमा बैंकले शुरु गर्‍यो नेपाली बैंकिङ क्षेत्रमा पहिलो पटक अपांगतामैत्री वेबसाइट