सुनको भाउ बढेको बढ्यै, तोलाको ९० हजार नाघ्यो

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।

 

करिब साढे २ महिनापछि गतहप्तादेखि कारोबार भएको सुनको भाउ आइतबार प्रतितोला ७०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ पुगेको छ।

 

गत शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

 

त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९४० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ९३० रूपैयाँमा कारोबार भएको थियो।

४ दिनमा ९ वटा चार्टर्ड उडान गर्दै हिमालय एयरलाइन्स Read Previous

४ दिनमा ९ वटा चार्टर्ड उडान गर्दै हिमालय एयरलाइन्स

रिलायन्स बन्यो भारतकै सबैभन्दा ठूलो कम्पनी, सेयर मूल्य ५९ कारोबार दिनमै दोब्बर Read Next

रिलायन्स बन्यो भारतकै सबैभन्दा ठूलो कम्पनी, सेयर मूल्य ५९ कारोबार दिनमै दोब्बर