काठमाडौं । विदेशमा अलपत्र नागरिकको उद्धारका लागि अनुमति पाएको हिमालय एयरलाइन्सले ४ दिनमा ९ वटा चार्टर्ड उडान गर्ने भएको छ।
एयरलाइन्सले आइतबारदेखि बुधबारसम्म विभिन्न देशबाट उक्त उडान गर्ने भएकोहो । हिमालयले आइतबार मलेसियाको क्वाललम्पुरबाट काठमाडौं चार्टर्ड उडान गर्ने भएको छ ।
त्यस्तै, सोमबार पाकिस्तान, माल्दिप्स र दोहाबाट ३ वटा उडान, मंगलबार अबुधावी, दमाम र कुवेतबाट पनि ३ वटा उडान गर्ने छ ।
बुधबार आवुधावी र दोहाबाट काठामाडौं चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको एयरलाइन्सले जनाएको छ ।
