३ सातामा विदेशमा अलपत्र ३१ सय नेपालीको उद्धार, कुन देशबाट कति आए

काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ३ हजारभन्दा बढी नेपालीको उद्धार गरेको छ ।

 

जेठ २३ देखि विभिन्न देशमा विविध कारणवश अलपत्र परेका नागरिकको उद्धार शुरु गरेको सरकारले अहिलेसम्म ३ हजार १०८ जनालाई स्वदेश ल्याएको छ ।

 

गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीनहप्तामा ती नागरिकलाई उद्धार गरेको हो ।

 

मलेसियाबाट ११८, युएई ३१७ जना, कुवेतबाट ८९८ जना नेपालीहरू स्वदेश फर्किएका छन्। यस्तै, जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको छ।

 

यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३१३ जना, माल्दिभ्सबाट ३०५ जना, कम्बोडियोबाट र सिंगापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएको एनआरएनएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन्। त्यस्तै आईतबार साउदीको रियादबाट २४७ जना नेपाली काठमाडौ आइपुगेका छन् ।

 

नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २४७ जना नेपालीहरु आज बिहान स्वदेश आइपुगेका हुन् । ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका १२ जना महिला र बाँकी पुरुष आज स्वदेश फर्किएका हुन् ।

 

सरकारले उद्धार गरेको भने पनि यसरी आउनेमा अधिकांश आफ्नै खर्चमा चार्टर्ड उडानमार्फत आएका छन् भने केही रोजगारदाता कम्पनीले नै टिकट काटेर पठाएका छन् ।

जापानमा आर्थिक गतिविधि पुनः सुचारु, खुल्न थाले होटल, रेष्टुरेन्ट Read Previous

जापानमा आर्थिक गतिविधि पुनः सुचारु, खुल्न थाले होटल, रेष्टुरेन्ट

४ दिनमा ९ वटा चार्टर्ड उडान गर्दै हिमालय एयरलाइन्स Read Next

४ दिनमा ९ वटा चार्टर्ड उडान गर्दै हिमालय एयरलाइन्स