वैदेशिक रोजगारीमा जान दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान अनुमति दिने निर्णय गरेको छ।

 

शुक्रबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट केन्द्र (सीसीएमसी)को बैठकले वैदेशिक रोजगारीका साथै अध्ययन गर्न जाने विद्यार्थीले सबै प्रक्रिया पूरा गरी जान दिने निर्णय गरेको हो।

 

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सिफारिसमा अध्ययनका लागि विदेश जानेको हकमा विद्यार्थीहरूको लागि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका र नयाँ रोजगारीको लागि विदेश जाने श्रमिकहरूलाई अनुमति दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

‘कोभिड-१९को रिपोर्ट चाहिने भएमा सोको जाँच गर्दा लाग्ने खर्च सम्बन्धित व्यक्तिले बेहोर्ने गरी प्रचलित जनस्वास्थ्य प्रोटोकल पालना गर्ने गरी आवतजावत अनुमति दिने निर्णय भएको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

ब्राजिलमा डढेलोसरी फैलिँदै कोरोना, एकैदिन थपिए ५५ हजार संक्रमित Read Previous

ब्राजिलमा डढेलोसरी फैलिँदै कोरोना, एकैदिन थपिए ५५ हजार संक्रमित

अवैध सुन बेचेर पैसा बाँढेको आरोपमा ४ प्रहरीविरुद्ध मुद्दा, जनही साढे २६ लाख बिगो Read Next

अवैध सुन बेचेर पैसा बाँढेको आरोपमा ४ प्रहरीविरुद्ध मुद्दा, जनही साढे २६ लाख बिगो