काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीमा संलग्न चार प्रहरीविरुद्ध भष्ट्राचारको आरोपमा मुद्दा दायर गरेको छ।
अख्तियारले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित ४ जनाविरुद्ध अवैधरुपमा चीनबाट ल्याएको सुन बरामद गरी कसुरदार सहित सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित प्रहरी हवल्दार रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीविरुद्ध जनही २६ लाख ५२ हजार विगो कायम गर्दै मुद्दा चलाएको हो।
उनीहरुविरुद्ध ४ देखि ६ वर्षसम्मको कैद सजायको माग गरिएको छ।