काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ३३१ जनामा कोरोना पुष्टि भएको हो ।
अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १ हजार ५७८ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ ।