ब्राजिलमा डढेलोसरी फैलिँदै कोरोना, एकैदिन थपिए ५५ हजार संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा डढेलोसरी फैलिरहेको छ ।

 

कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचीको दोस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ५५ हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् ।

 

अहिलेसम्म कुनै पनि मुलुकमा एकैदिन यतिधेरै संक्रमित देखिएको यो पहिलोपटक हो । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३८ नाघेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ब्राजिलमा ४९ हजार ९० पुगेको छ ।

 

ब्राजिलमा कोरोना संक्रमितमध्ये ५ लाख २० हजार ३६० जना उपचारपछि निको भएका छन् । ४ लाख ६९ हजार ११८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

पौने २ खर्बभन्दा बढी लगानी स्वीकृत, हाइड्रोमा मात्र १ खर्ब ३७ अर्ब Read Previous

पौने २ खर्बभन्दा बढी लगानी स्वीकृत, हाइड्रोमा मात्र १ खर्ब ३७ अर्ब

वैदेशिक रोजगारीमा जान दिने सरकारको निर्णय Read Next

वैदेशिक रोजगारीमा जान दिने सरकारको निर्णय