काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि मरिच आयात खुला गरेको छ।
असार २ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनि गर्दै सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा संचारमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।
प्रवक्ता खतिवडाका अनुसार औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने मरिच आयात प्रतिबन्ध फुकुवा गरिएको हो ।
अब आवश्यक कच्चा पदार्थका रूपमा उद्योगको उत्पादन क्षमता र खपतको प्रवृतिका आधारमा उद्योग विभागबाट प्रमाणित परिमाण मात्रै आयात गर्न पाइनेछ।
सरकारले छोकडा, केराउ, विदेशी मदिरा लगायत वस्तुको आयातमा भने प्रतिबन्ध कायमै राखेको छ ।