थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२७४ पुग्यो, एकैदिन २१६ निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ४२६ जनामा कोरोना पुष्टि भएको हो ।

 

अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

 

पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १ हजार ४०२ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ ।

सांसदले खर्च गर्न नसकेको पैसा कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय Read Previous

सांसदले खर्च गर्न नसकेको पैसा कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

मरिच आयातमा लगाइएको प्रतिबन्ध फुकुवा Read Next

मरिच आयातमा लगाइएको प्रतिबन्ध फुकुवा