काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा सांसद विकास कोषबाट खर्च नभएको पैसा कोरोना कोषमा जम्मा निर्णय गरेको छ ।
असार २ गते बसेको मन्त्रिपरिषद बैठकले चालू आवमा सांसदहरुलाई दिइएको पैसामध्ये खर्च नभएको रकम जति कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्बन्धित स्थानीय तहको कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको जानकारी दिए।
चालू आवमा सरकारले प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदलाई आफ्नो क्षेत्रमा ६ करोड रुपैयाँ विकास खर्च गर्न सक्नेगरी बजेट विनियोजन गरेको थियो ।