कर बढेसँगै पेट्रोल र डिजेलको मूल्य बढाउने तयारीमा निगम

काठमाडौं । विगत ३ महिनादेखि मूल्य समायोजन नगरेको निगमले पेट्रोल र डिजेलमा घाटा बढेको भन्दै मूल्य समायोजन गर्ने तयारी सुरु गरेको छ ।

 

भारतीय आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्यमा वृद्धिगरी नयाँ रेट पठाएपछि निगमले मूल्य समायोजन गर्ने तयारी थालेको हो ।

 

नयाँ मूल्य अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँका हाराहारीमा घाटा हुने भएको निगमका प्रवक्ता विनित उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य समायोजन गर्नु पर्ने देखिएको हो ।

 

‘नयाँ दर अनुसार पेट्रोलको मूल्य बढेर आएको छ, त्यसले निगमलाई ५ रुपैयाँ चानचुन घाटा हुन्छ, त्यसैले मूल्य बढ्न सक्छ । तर, यस विषयमा निर्णय भइसकेको छैन,’ उपाध्यायले चाणक्य पोस्टसँग भने ।

 

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत प्रतिलिटर १० रुपैयाँ भन्सार लगाउँदा त्यसको प्रत्येक्ष असर मूल्यमा परेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक न्यून मूल्यमा कच्चा तेलको कारोवार भएको समयमा सरकारले पेट्रो, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ कर लगाएको थियो ।

 

त्यतिबेला अहिलेको मूल्यमा नै पेट्रोलियम पदार्थ किन्न पाइने बताएको सरकारले अब भने मूल्य वृद्धि गर्ने तयारी गरेको हो ।

यस वर्ष दक्षिण एशियाका ५ देशको आर्थिक वृद्धिदर ऋणात्मक हुने, कुन देशको कति Read Previous

यस वर्ष दक्षिण एशियाका ५ देशको आर्थिक वृद्धिदर ऋणात्मक हुने, कुन देशको कति

नियमित आम्दानी गरिरहेकालाई ब्याजमा सहुलियत दिनु कति जायज Read Next

नियमित आम्दानी गरिरहेकालाई ब्याजमा सहुलियत दिनु कति जायज