यस वर्ष दक्षिण एशियाका ५ देशको आर्थिक वृद्धिदर ऋणात्मक हुने, कुन देशको कति

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) सन् २०२० मा एशियाली अर्थतन्त्रको वृद्धिदर संशोधन गरेको छ।

 

बिहीबार एशियन डेभलपमेन्ट आउटलुकको संशोधित प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले दक्षिण एशिया क्षेत्रका देशहरुको आर्थिक वृद्धिदर ३.० प्रतिशत ऋणात्मक हुने प्रक्षेपण सार्वजनिक गरेको हो।

 

एडीबीले यसअघि गत अप्रिलमा यो क्षेत्रको वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरेको थियो। सन् २०२० को आर्थिक वृद्धि १९६१ यताकै न्यून हो।

 

एडीबीले आगामी वर्ष २०२१ मा भने दक्षिण एशियाली देशहरुको आर्थिक वृद्धिदर वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

 

कुन देशको आर्थिक वृद्धिदर कति ?

एडीबीका अनुसार यस वर्ष दक्षिण एशियाका ८ मध्ये ५ वटा देशको आर्थिक वृद्धिदर ऋणात्मक र ३ देशको सकारात्मक हुने बताएको छ । जसमा नेपाल, भुटान र बंगलादेशको मात्र आर्थिक वृद्धिदर सकारात्मक हुने जनाएको छ ।

 

२०२० मा दक्षिण एशियामा सबैभन्दा धेरै आर्थिक वृद्धिदर बंगलादेशको हुने प्रक्षेपण गरेको छ । एडीबीले यस वर्ष बंगलादेशको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

 

एडीबीका अनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुनेछ। यसअघि सरकारले पनि २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो। यस्तै, भुटानको २.४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

 

एडीबीका अनुसार यस वर्ष दक्षिण एशियामा सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक वृद्धिदर ११.३ प्रतिशत ऋणात्मक हुने अनुमान गरेको छ ।

 

यस्तै, यस वर्ष भारतको ४, श्रीलंकाको ६.१, अफगानिस्तानको ४.५ र पाकिस्तानको ०.४ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेको छ ।

लकडाउनले रोकिएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्री असार ७ देखि खुल्ने Read Previous

लकडाउनले रोकिएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्री असार ७ देखि खुल्ने

कर बढेसँगै  पेट्रोल र डिजेलको मूल्य बढाउने तयारीमा निगम Read Next

कर बढेसँगै पेट्रोल र डिजेलको मूल्य बढाउने तयारीमा निगम