लकडाउनले रोकिएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्री असार ७ देखि खुल्ने

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण स्थगित भएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री पुनः खुलेको छ ।

 

कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद बिक्री शुरु गरेको थियो । चैत्र ११ गतेदेखि लकडाउन घोषणा भएसँगै रोकिएको हकप्रद यही असार ७ गतेदेखि खुल्ने र असार १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न १०० बराबर ६० कित्ता अनुपातमा कुल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो।

 

हकप्रद निष्काशनका लागि कम्पनीले माघ २७ बुकक्लोज गरेकाले यस हकप्रदमा माघ २६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।

 

हकप्रदमा धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ। यसैगरी एनएमबी क्यापिटल नागपोखरी, काठमाडौं, एनएमबी बैंकका तोकिएका शाखा, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाटपनि आवेदन दिन सकिनेछ ।

 

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

पहिरोले भीमफेदी-कुलेखानी र कान्ति राजपथ अवरुद्ध Read Previous

पहिरोले भीमफेदी-कुलेखानी र कान्ति राजपथ अवरुद्ध

यस वर्ष दक्षिण एशियाका ५ देशको आर्थिक वृद्धिदर ऋणात्मक हुने, कुन देशको कति Read Next

यस वर्ष दक्षिण एशियाका ५ देशको आर्थिक वृद्धिदर ऋणात्मक हुने, कुन देशको कति