पहिरोले भीमफेदी-कुलेखानी र कान्ति राजपथ अवरुद्ध

भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका ६, देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको छ ।

 

भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।

 

त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथका विभिन्‍न सात स्थानमा पहिरो जाँदा हेटौँडा-ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ ।

 

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्‍न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्‍नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ६५ प्रतिशत कर्जा घरजग्गा धितोमा Read Previous

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ६५ प्रतिशत कर्जा घरजग्गा धितोमा

लकडाउनले रोकिएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्री असार ७ देखि खुल्ने Read Next

लकडाउनले रोकिएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्री असार ७ देखि खुल्ने