बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ६५ प्रतिशत कर्जा घरजग्गा धितोमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा लगानी गरेको करिब दुईतिहाई कर्जा घरजग्गा धितोमा प्रवाह भएको छ ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले ६५.४ प्रतिशत कर्जा घरजग्गा धितोमा दिएका छन् ।

 

बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।

 

गत आवको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो ।

 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १५.१ प्रतिशत र सेवा क्षेत्रतर्फ १८.५ प्रतिशतले कर्जा बढेको छ ।

 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २५ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १९.२ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा ११.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.३ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ०.४ प्रतिशतले घटेको छ ।

लकडाउन यता ६ अर्बको औषधि आयात Read Previous

लकडाउन यता ६ अर्बको औषधि आयात

पहिरोले भीमफेदी-कुलेखानी र कान्ति राजपथ अवरुद्ध Read Next

पहिरोले भीमफेदी-कुलेखानी र कान्ति राजपथ अवरुद्ध