लकडाउन यता ६ अर्बको औषधि आयात

काठमाडौं । लकडाउन शुरु भएयताको करिब ३ महिनाको अवधिमा करीब ६ अर्ब रुपैयाँ बराबरको तयारी औषधि तथा औषधिको कच्चा पदार्थ आयात भएको छ ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म ५ अर्ब ९० करोड ९६ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिको कच्चा पदार्थ आयात भएको छ ।

 

मन्त्रालयका अनुसार ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँको तयारी औषधि र १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

 

यस अवधिमा सामान्य औषधिदेखि कोरोना नियन्त्रण तथा उपचारमा प्रयोग हुने पीपीई, ग्लोब्स्, लगायत विभिन्न किसिमका औषधि तथा उपकरण आयात गरिएको मन्त्रालयले जनाएको छ ।

 

चालू आवको जेठसम्ममा करिब २७ अर्ब रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तुहरु आयात भएको छ ।

 

गत आर्थिक वर्षमा कुल २० अर्ब ११ करोड ८२ लाख रुपैयाँ बराबरको औषधि तथा औषधि जन्य वस्तुहरु आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा कुल २७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बराबरको औषधि तथा औषधिजन्य वस्तु आयात भएको थियो ।

 

नेपालमा भारतबाट सबैभन्दा धेरै मात्रामा औषधि तथा औषधिजन्य वस्तु आयात हुने गर्छ । यस्तै, फ्रान्स, स्वीडेन, अमेरिक, चीन, पोर्चुगल, जर्मन, डेनमार्क, स्वीजरल्याण्ड, थाइल्याण्ड, इटली लगायतका देशहरुबाट पनि औषधि आयात हुँदै आएको छ ।

भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी Read Previous

भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ६५ प्रतिशत कर्जा घरजग्गा धितोमा Read Next

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ६५ प्रतिशत कर्जा घरजग्गा धितोमा