विद्युतको नयाँ महसुल निर्धारण, कति युनिट खपत गर्नेले कति तिर्नुपर्छ (सूचीसहित)

काठमाडौं । विद्युत् नियमन आयोगले असार १ गतेदेखि लागू हुने गरी नयाँ महसुल निर्धारण गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सरदर १० प्रतिशत विद्युत् महसुल दर घटेको जनाएको छ ।

 

५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निःशुल्क दिइने भएको छ ।

 

तथ्यांक अनुसार ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ ।

 

२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत् महसुल हिसाब गरेर तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्नेछ ।

 

५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ । त्यसैगरी १ सय १ देखि १ सय ५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले सय रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ ।

 

१ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १ सय २५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ । २ सय ५१ देखि ४ सय युनिटसम्म खपत गर्दा १ सय ५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महसुल तिनुपर्ने हुन्छ ।

 

४ सय युनिटभन्दामाथि बिजुली खपत गर्ने घरायसी ग्राहकले १ सय ५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियुनिट बिजुली महसुल तिर्नुपर्नेछ । आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म बिजुली लाइन लिँदा पनि खपतका आधारमा फरक–फरक दर तोकेको छ ।

सरकारले नुनदेखि सुनसम्मका १० वटा खानी सञ्चालन गर्ने दिने, बोलकबोलबाट कम्पनी छनोट Read Previous

सरकारले नुनदेखि सुनसम्मका १० वटा खानी सञ्चालन गर्ने दिने, बोलकबोलबाट कम्पनी छनोट

एकैदिन थप ५८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो Read Next

एकैदिन थप ५८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो