काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५८६ जनामा कोरोना पुष्टि भएको हो । एकैदिन यतिधेरै व्यक्तिमा कोरोना देखिएको यो पहिलो पटक हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज संक्रमित हुनेहरुमा ५४८ जना पुरुष र ४० जना महिला रहेका छन् ।
अहिलेसम्म नेपालका ७७ मध्ये ७३ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म १ हजार १६७ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २० जनाको मृत्यु भएको छ ।