सानिमा बैंकद्वारा करुणा फाउन्डेसनलाई १० लाख सहयोग

काठमाडौं । सानिमा बैंकले करुणा फाउन्डेसन नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ।

 

जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरु लक्षित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम मार्फत् अपाङ्गता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले सहयोग गरेको हो।

 

यो कार्यक्रम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन गरिएको थियो।

 

यस कार्यक्रमले अपांगता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउनमा उक्त सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

 

प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपांगता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ।

 

सानिमा बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

विद्युत् खपत बढाउने योजना नारामा मात्रै सीमित, ग्यास बोटलिङ प्लान्ट स्थापना गर्दै आयल निगम Read Previous

विद्युत् खपत बढाउने योजना नारामा मात्रै सीमित, ग्यास बोटलिङ प्लान्ट स्थापना गर्दै आयल निगम

सरकारले नुनदेखि सुनसम्मका १० वटा खानी सञ्चालन गर्ने दिने, बोलकबोलबाट कम्पनी छनोट Read Next

सरकारले नुनदेखि सुनसम्मका १० वटा खानी सञ्चालन गर्ने दिने, बोलकबोलबाट कम्पनी छनोट